गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२७ असोज, काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज २८ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागि हुन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले कात्तिक १० गते हिले कान्जिरोवा मकालु होटल, धनकुटामा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
प्रकाशित मिति : October 13, 2026 at 9:09 am







