२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

अधिक तरलता व्यवस्थापन गर्न बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

२१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक  तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ। केन्द्रीय बैंकले २८ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार असोज २१ गते बोलकबोलमार्फत निक्षेप संकलन गरिनेछ। यसको भुक्तानी कात्तिक १८ गते हुनेछ।

बोलकबोल अनलाइन बिडिङ सिस्टम (ओबीएसएस)मार्फत ब्याजदरका आधारमा हुनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागिता जनाउन पाउनेछन्।  बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि १० करोडकै दरले बढाउँदै ३० अर्ब रुपैयाँसम्म बोल गर्न सक्नेछन्। निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलवालालाई पहिलो प्राथमिकतामा राखिनेछ।

समान ब्याजदर उल्लिखित बोल रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा ‘प्रो-राटा बेसिस’ (दामासाही) मा बाँडफाँड गरिनेछ।

प्रकाशित मिति : October 7, 2026 at 10:45 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/