नेप्से घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट
१९ असोज, काठमाडौं । साताको पहिलो कारोबारकाे दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ३५९ कम्पनीकाे ४४ हजार ७७७ पटकको कारोबारमा ३ अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँबराबरको ९० लाख ३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। सोमबार ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने २४२ कम्पनीको घटेको छ । ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

यस दिन १०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेञ्चरको मूल्य ५.७५ प्रतिशत बढेको छ। त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक ५.८४ प्रतिशत घटेको छ। यस दिन घलेम्दी हाइड्रोको सर्वमधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन २२ करोड ८६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित मिति : October 5, 2026 at 3:39 pm






