१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने गण्डकीका मुख्यमन्त्री पाण्डेको घोषणा

१९ असोज, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। पार्टीभित्र एकता, सुदृढ संगठन निर्माण र वैचारिक स्पष्टतासहित अघि बढ्ने बताउँदै पाण्डेले उपसभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

उम्मेदवारी घोषणा गर्दै मुख्यमन्त्री पाण्डेले पार्टीभित्र र बाहिरबाट निरन्तर उठिरहेको कांग्रेसको एकता र सुदृढ संगठन निर्माणको आवश्यकतालाई आफूले गम्भीर रूपमा लिएको बताएका छन् । पार्टीका सबै तह र पुस्ताका साथीहरूलाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा जोड्ने प्रयासलाई आफ्नो प्रमुख जिम्मेवारी बनाएको पाण्डेको भनाइ छ ।

पाण्डेले कांग्रेसमा तीन पटक केन्द्रीय सदस्यका रूपमा तथा ४५ वर्षभन्दा बढी समय पार्टी सदस्यका रूपमा काम गरेका छन्। उनले युवा पुस्तासँगको निरन्तर सहकार्य र युवामैत्री कार्यशैलीलाई आगामी राजनीतिक यात्राको आधार बनाउने बताए।

प्रकाशित मिति : October 5, 2026 at 10:49 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/