टाेयाेटा गाडि खरिदका लागि एनआईसी एसियाले लाेन दिने, ब्याजदर कति ?
१६ असोज, काठमाडौं। दशैंको मुखमा टोयोटा सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहज वित्तीय सुविधा सार्वजनिक भएको छ। नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि र एनआईसी एसिया बैंकबीच भएको विशेष वित्तीय सहकार्य अन्तर्गत ग्राहकले ७ वर्षसम्म ५.९९ प्रतिशत वार्षिक स्थिर ब्याजदरमा अटो लोन प्राप्त गर्न सकिने छ।

यस सहकार्य अन्तर्गत ऋण प्रशासन शुल्कमा २५ बेसिस पोइन्टसम्म छुट समेत उपलब्ध हुनेछ। उक्त सुविधा बैंकको ऋण नीति तथा नेपाल राष्ट्र बैंकका सम्बन्धित निर्देशनअनुसार लागू हुनेछ। दशैंलाई लक्षित यस विशेष योजनाले ग्राहकलाई सहज वित्तीय पहुँच प्रदान गर्दै आफ्नो रोजाइको टोयोटा सवारीसाधन खरिद प्रक्रिया थप सरल बनाउने अपेक्षा गरिएको छ। समझदारीपत्रमा कम्पनीका डेपुटी जनरल म्यानेजर रेखा शाह कार्की र बैंकका चिफ बिजनेश अफिसर अमित केसीले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति : October 2, 2026 at 1:34 pm






