१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

१६ अंकले घट्यो शेयर बजार, कारोबार रकम सवा ५ अर्बमा सीमित

१२ असोज, काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हाे। आज नेप्से परिसूचक १६.४७ अंकले घटेर २६१३.३३ बिन्दुमा रोकिएको छ।

नेप्सेसँगै आज कारोबार पनि घटेको छ। आज ३५७ कम्पनीको १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर खरिदबिक्रि हुँदा ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको छ ।

 

आज व्यापार बाहेक १२ वटै उपसूचक राताम्य बनेका छन्। आजको कारोबारमा निर्जीवन बीमा सर्वाधीक १.२०, लगानी १.१६, हाइड्रोपावर समुहको उपसूचक १.१६ प्रतिशत घटेको छ।

आज २२३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५० वटाको मात्रै बढेको छ। यस्तै ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आजको कारोबारमा ७ प्रतिशत लक्ष्मी सन्राईज डिबेञ्चर २०९२ को सेयर मूल्य १५ प्रतिशत बढेको छ भने १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को सेयर मूल्य १२.१७ प्रतिशतले बढेको छ। यता हाथवे इन्भेस्टमेन्ट नेपालको सेयर मूल्य सवार्धिक १०.५८ प्रतिशत घटेको छ।

प्रकाशित मिति : September 28, 2026 at 3:30 pm