१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

दुई कम्पनीको सेयर मूल्य समायोजन

८ असोज, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ। यस दिन सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको सेयर मूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन सांग्रिलाको ४ प्रतिशत र स्नो रिभर्सको १० प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात सांग्रिला डेभलपमेन्ट बैंकको सेयरमूल्य ४११ रुपैयाँ ५४ पैसा कायम भएको छ भने स्नो रिभर्सको ८५९ रुपैयाँ ९ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयर मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार दोस्रो बजारमा सांग्रिलाको शेयर प्रतिकित्ता ४२८ रुपैयाँमा र स्नो रिभर्सको ९४५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको कारोबार खुल्नेछ।

प्रकाशित मिति : September 24, 2026 at 9:17 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/