१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

१ अर्ब ३४ करोडभन्दा बढीको हुण्डी कारोबारमा संलग्न एकजना पक्राउ

१ असोज, काठमाडौं । १ अर्ब ३४ करोड ७८ लाख रुपैयाँ बराबरको अवैध हुण्डी कारोबारमा संलग्न एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २४ वर्षीय अजयकुमार मुखिया रहेका छन् । मुखियालाई  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, धनुषाको संयुक्त टोलीले धनुषाको सहिद नगरपालिका वडा नम्बर ४ बाट भदौ ३० गते साँझ ५:२० बजेको समयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

dainiki.com

मलेसियालगायत विभिन्न मुलुकबाट अवैध रूपमा हुण्डीको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा ब्युरोले सूक्ष्म अनुसन्धान थालेको थियो । सोही क्रममा विभिन्न व्यक्ति तथा व्यावसायिक बैंक खाताहरूको प्रयोग गरी ठूलो परिमाणमा अवैध आर्थिक कारोबार भइरहेको फेला परेको हो । हाल पक्राउ परेका मुखियामाथि हुण्डीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाको छ ।

प्रकाशित मिति : September 17, 2026 at 10:20 am