लाभांश प्रस्ताव पारित गर्दै कामना सेवा विकास बैंकको साधारण सभा सम्पन्न
३१ भदाै, काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त सभा भदौ ३१ गतेका दिन आम्रपाली बैंक्वेट, भाटभाटेनी, काठमाण्डौमा सम्पन्न भएको हो । बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभाशं पारित गरेको छ ।
साथै, उक्त साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आव २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तिय विवरणसँग सम्बन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।

त्यसैगरि सभाबाट बाह्रय लेखापरीक्षक एनबिएसएम एण्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको छ । साधारणसभामा सेयरधनीहरुले राखेको जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिए ।
सेयरधनीहरुले राखेको जिज्ञासाको जवाफ दिदै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले निरन्तर रुपमा दोहोरो अंकमा लाभाशं वितरण गर्न सफल भएकोमा आगामी दिनहरुमा संस्थालाई दिगो र सवल बनाउन प्रतिबद्ध रहेको बताए ।
प्रकाशित मिति : September 16, 2026 at 4:57 pm


