हवाई उद्धारको यति ठूलो र व्यवस्थित अभियान यसअघि विरलै भएको थियोः रवि लामिछाने
२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले विपद प्रतिकार्यमा सरकारले गरेको काममा प्रश्न उठाउने ठाउँ नरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले सरकारले उद्धार, उपचार र राहतका तत्परताका साथ काम गरिरहेको उनले बताएका हुन् ।
‘यो विपत्तिमा पनि सरकारको कामलाई सरकार र विपक्षीको परम्परागत चस्माले हेर्नुपर्ने म देख्दिनँ । विपत्तिको सुरुकै घण्टामा सरकारले सम्पूर्ण शक्ति परिचालन गरेर उद्धार, उपचार र राहतको काम सुरु गरेको थियो,’ लामिछानेले भने, ‘हज्जारौं सुरक्षाकर्मी प्रभावित क्षेत्र खटिए । तथ्यसहित भन्न सकिन्छ हवाई उद्धारको यति ठूलो व्यवस्थित अभियान यसअघि विरलै भएको थियो ।’
प्रकाशित मिति : September 9, 2026 at 3:06 pm


