२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

विन नेपाल लघुवित्तको सेयर कारोबार रोक्का

२१ भदाै, काठमाडाैं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति (एक्विजिसन) गर्ने प्रक्रिया सम्पन्न भएसँगै सेयर कारोबार रोक्का गरिएको हो। प्राप्ति प्रक्रिया सम्पन्न भई भदौ २१ गतेदेखि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुँदैछ ।

 धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम लक्षित संस्था विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार भदौ २१ गतेदेखि लागू हुने गरी रोक्का गरिएको नेप्सेले जनाएको छ।

प्रकाशित मिति : September 6, 2026 at 10:03 am