१९ भदौ २०८३, शुक्रबार | Fri Sep 4 2026

सुरुङबाट दुई जनाको जीवितै उद्धारपछि गृहमन्त्रीले भनेः आशाको किरण जोगियो

१९ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको १० दिनपछि जीवितै उद्धार गरिएपछि गृहमन्त्री सुधन गुरुङले  आशाको किरण जीवितै राखेको बताएका छन्।

dainiki.com

गृहमन्त्री गुरुङले शुक्रबार सामाजिक सञ्जालमा उद्धारका केही तस्वीरहरूसहित लेखेका छन्, ३ ‘ए’ सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार भएको छ, जसले अझै आशाको किरण जीवितै राखेको छ।’ उनले यस कठिन उद्धार कार्यमा अहोरात्र खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र सेन्ट्रल कमान्ड सेन्टरको टोलीलाई धन्यवाद ज्ञापन गरेका छन्। साथै, उनले निरन्तर प्रयासका लागि सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेको उच्च कदर गरेका छन्।

गृहमन्त्री गुरुङले भनेका छन्, ‘उद्धार टोलीहरू अझै पनि सबै सुरुङहरूमा निरन्तर रूपमा खटिरहनु भएको छ ।’

प्रकाशित मिति : September 4, 2026 at 12:27 pm