नेशनल लघुवित्तकी स्वतन्त्र सञ्चालक जमुना श्रेष्ठको राजीनामा स्वीकृत
१२ भदौ, काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडकी स्वतन्त्र सञ्चालक जमुना श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएकी छन् । श्रेष्ठले आफ्नो स्वास्थ्य स्थिति तथा घरायसी जिम्मेवारीको कारण देखाउँदै गत साउन २२ गते सञ्चालक समिति समक्ष राजीनामा पेस गरेकी थिइन् ।

उक्त राजीनामालाई संस्थाको भदौ ११ गते बसेको २१० औँ सञ्चालक समितिको बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : August 28, 2026 at 12:09 pm



