बाढी प्रभावित स्थानीय तह विपद संकटग्रस्त क्षेत्र घोषणा
१० भदौ, काठमाडौं । बाढीबाट प्रभावित भएका जिल्लाका स्थानीय तहलाई सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बुधबार मन्त्रिपरिषदको आकस्मिक बैठकले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ तीन जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । तीन महिनाका लागि संकटग्रस्त घोषणा गरिएको हो ।
विपदबाट प्रभावित जिल्लाका स्थानीय तहमा तीन महिनाका लागि विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ बमोजिम विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकार प्रवक्ता सस्मित पोखरेलले बताए ।

प्रकाशित मिति : August 26, 2026 at 2:43 pm



