भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार
८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई घटनास्थलमै गोली ठोक्ने कानुन लागू गर्न माग गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
उनले विगतदेखि बलात्कार र हत्या भएका पीडितको नाम लिएर घटनामाथि लामो बहस गर्नु मात्र पर्याप्त नहुने भन्दै सरकारले महिलाको सम्मान, सुरक्षा र बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिका छन् ।

उनले भने, ‘बलात्कार र हत्याको फेहरिस्त धेरै नाम सुनाउन सकिन्छ । घण्टौघण्टासम्म सुनाउन सकिन्छ । र लामो छलफल गर्न सकिन्छ । तर हामी गरिमाको गरिमा जोगाउन सक्छौँ कि सक्दैनौँ । निर्माला पन्तको जन्त जाने हो कि मलामी जाने भन्ने विषयमा गम्भीर हुन जरुरी छ । चेलीले नाच्न र बाँच्न पाउनुपर्छ भन्ने कुरामा गम्भीर हुन जरुरी छ । बलात्कारी र भ्रष्टाचारी प्रमाणित भएको खण्डमा अन दि स्पोर्ट ठोक्ने कानूनको व्यवस्था तत्काल लागु गर्न आह्वान गर्दछु ।’
प्रकाशित मिति : August 24, 2026 at 4:34 pm


