७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

मितेरी डेभलपमेन्ट बैंकको १ लाख ६२ हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

७ भदौ, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले दुईजना संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख ६२ हजार ५२४ कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको हो ।

यसअघि बैंकले उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूका ३५ दिने सूचना जारी गरि बिक्रीमा राखेको थियो । तर सो समयमा संस्थापक सेयरधनीहरूबाट कुनै पनि लिखित जानकारी प्राप्त नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

dainiki.com

उक्त सेयर अरिद गर्न चाहने सर्वसाधारण व्यक्ति वा संघसंस्थाले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित सुनसरीको धरानस्थित बैंकको केन्द्रीय कार्यालय वा काठमाडौंको कमलादीस्थित सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा आवेदन दिनु पर्नेछ ।

प्रकाशित मिति : August 23, 2026 at 3:07 pm