मितेरी डेभलपमेन्ट बैंकको १ लाख ६२ हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
७ भदौ, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले दुईजना संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख ६२ हजार ५२४ कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको हो ।
यसअघि बैंकले उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूका ३५ दिने सूचना जारी गरि बिक्रीमा राखेको थियो । तर सो समयमा संस्थापक सेयरधनीहरूबाट कुनै पनि लिखित जानकारी प्राप्त नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

उक्त सेयर अरिद गर्न चाहने सर्वसाधारण व्यक्ति वा संघसंस्थाले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित सुनसरीको धरानस्थित बैंकको केन्द्रीय कार्यालय वा काठमाडौंको कमलादीस्थित सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा आवेदन दिनु पर्नेछ ।
प्रकाशित मिति : August 23, 2026 at 3:07 pm


