४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एक करोड ठगीको आरोपमा प्रहरी हवल्दार सुमन अधिकारी पक्राउ

१४ चैत, काठमाडौँ । नेपाल प्रहरीमा कार्यरत एक जना हवल्दार करीब १ करोड ठगीको आरोपमा पक्राउ परेका छन । कास्कीको पोखरा लेखनाथ महानगरपालिका १८ सराङ्कोट प्रहरी चौकीमा कार्यरत हवल्दार सुमन अधिकारी ठगी आरोपमा पक्राउ परेका हुन ।

गोर्खा आरुपोखरी घर भएका ३५ वर्षीय अधिकारीले लेनदेनमा ठगी गरेको प्रहरीले जनाएको छ । उनले कास्कीको माछापुच्छ्रे ९ माईती घर भई दाङ्िसमराङ बस्ने टोपली भनिने निशा परियारसँग मिलेर ब्याजमा पैसा लिएको र फिर्ता नदिएको बताइएको छ ।

अधिकारी र परियार दुबैलाई वइसिएलका नेताले नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका हुन । उनहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अशोक सिंहले बताएका छन । हालसम्म ९ जनाले आफूहरु ठगिएको बताएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार १९:४९