३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

देशबासीका नाममा प्रधानमन्त्री अोलीको पहिलो सम्बोधन वैशाख १ मा रारा तालबाट


प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट बैसाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ । कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्ध्घाटन गर्न रारा ताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने हुनु भएको हो ।

नेपाल ट्रेड यूनियन महासंघ ९जिफन्ट० को ७ महाअधिवेशनको आज राधानीमा उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिनुभएको हो ।“कर्णाली प्रदेशले आयोजना गरेको पयर्टन बर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु” प्रधानमन्त्री ओलीले भन्नुभयो “राराबाट यसपाली पर्यटनको बिगुल बजाइनेछ ।” समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकोले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नु पर्ने मा प्रधानमन्त्रीको जोड छ ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार अघिल्ला सरकार जस्तो नियमित नीति र गतिमा मात्र सञ्चालन नहुने बताउनुभएको छ । “यो सरकार भिन्न नीति र गतिमा सञ्चालन हुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो सरकारले नेपाल बनाउछ । केही बर्षमा मानिसहरुले नेपाललाई सिंगापुर र स्विटजरलेण्ड जस्तो भन्नेछन् ।”

प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताको सेवक भएकोले कसैलाई दमन नगर्ने बताउनुभएको छ । तर हत्या,हिंसा,चन्दाको माध्यमबाट समाजलाई आतंकित पार्नेहरुलाई नछोड्ने पनि प्रधानमन्त्रीले चेतावनी दिनुभएको छ । “सरकार जनताको सेवक हो । कसैलाई दमन गर्दैन तर जनतालाई दुःख दिने,आतंक फैलाउनेहरुलाई चाँही छोड्दैन ।”

प्रधानमन्त्री ओलीले महासंघले राष्टिकय राजनीतिमा ठुलो प्रभाव नपारे पनि उसका बिचारले राजनीति प्रभावित भएको बताउनुभएको छ । “समाजको गरिखाने बर्गलाई अधिकार दिलाउने,उनीहरुको उत्थान गर्ने काममा जिफन्टको महत्वपूर्ण भूमिका छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अहिलेको सरकारको प्राथमिकता पनि त्यही हो ।”

प्रधानमन्त्री ओलीले सरकारका हरेक अभियान अब हमलाको शैलीमा अघि बढ्ने बताउनुभएको छ । “यसपाली म एकजना बालिकालाई विद्यालय भर्ना गराउछु र देशैभरीका जनप्रतिनिधीलाई पनि त्यसै गर्न लगाउछु” प्रधानमन्त्री ओलीले भन्नुभयो “जिफन्टले पनि यस अभियानको तयारी गर्नुहेस । यसपाली बैसाख ५ गते निरक्षरता विरुद्ध हमला गरौं ।”

भ्रष्टाचार नियन्त्रण,ढिलासुस्ती,विकास निर्माण आदि सबै क्षेत्रमा यसै प्रकारका हमला गरेर अघि बढ्ने प्रधानमन्त्रीले उद्धघोष गर्नुभएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार १६:३६