शेरबहादुर देउवालार्इ नेतृत्वबाट हटाउनुको विकल्प छैनः सिंह
१४ चैत, बाँके । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काम चलाउ शैलीबाट काँग्रेसलाई बलियो र संगठित बनाउन नसकिने बताएका छन । नेपाल प्रेस युनियन, बाँकेद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने—“विधिलाई कुल्चेर नेतृत्व व्यक्तिवादी भएका कारणले नै काँग्रेसको सांगठनिक अवस्था कमजोर भएको हो ।”
नेता सिंहले नेपाली काँग्रेसलाई जीवन्त बनाउने हो भने अहिलेको नेतृत्व परिवर्तनको विकल्प छैन, टालटुले कुरा र व्यवहारका कारणले नै पार्टीले निर्वाचनमा नराम्रो पराजय भोग्नु परेको हो भने ।
पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले काँग्रेसभित्र आमूल परिवर्तनको खाँचो छ, यसका लागि नयाँ नेतृत्वसहित संरचनागत अवस्थामा सुधार गर्नुपर्छ भने । अर्को एक प्रश्नको जवाफमा नेता सिंहले भने–“अहिलेको सरकारको गतिविधि हेर्दा जनवादको पूर्व अभ्यास गरे जस्तो देखिन्छ ।” रासस
प्रकाशित मिति : March 28, 2018 at 4:06 pm









