१० असार २०८३, बुधबार | Wed Jun 24 2026

प्रभु बैंकको ऋण अपचलन : पाण्डे पूर्पक्षका लागि जेल चलान, बाँकीको पक्राउ पुर्जी जारी

१० असार, काठमाडौँ । प्रभु बैंकको ऋण अपचलनको मुद्दामा ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान भएका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लामो अनुसन्धान गरेपछि विशेष सरकारी वकिलको कार्यालय मार्फत सोमबार उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको थियो ।

संयुक्त वाणिज्य इजलाशका न्यायाधीद्धय टंकप्रसाद गुरूङ र कविप्रसाद न्यौपानेको इजालशले प्रतिवादीहरूलाई पूर्पक्षमा पठाउने आदेश गरेको हो । अदालतमा उपस्थित गराएका बाहेकका फारर प्रतिवादीलाई पक्राउ पुर्जी जारी गरेर कारागार पठाउन इजलाशले आदेश दिएको छ ।

बैकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूर गरेको अभियोगमा मुद्दामा ७२ करोड ७७ लाख ६ हजार ९००रूपैयाँ ०६ पैसा विगो कामय गरिएको छ । यस मुद्दामा ओम प्रसाद पाण्डे, अशोक शेरचन, मनिराम पोखरेल,  ऋवश श्रेष्ठ, रश्मी पन्त, देव ढुङ्गाना, हरिमान लामा, धन बहादुर शेरचन, महावीर तामाङ, देवान राई, सुरेश कुमार तिवारी र  हरिकृष्ण भट्टचन प्रतिवादी रहेका छन । पाण्डे बाहेकका सबै प्रतिवादी फरार रहेका छन । उनीहरूका लागि अदालतले आदेशबाट पक्राउ पुर्जी समेत जारी गरेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक डा मनोजकुमार केसीले नेतृत्व गरेको सीआईबीले यसअघि चर्चित विचौलिया दीपक भट्टको मुद्दामा पनि सफलता पाएको थियो । ठूला आर्थिक अपराधको मुद्दामा सीआईबीले एकपछि अर्को सफलता पाएको छ । अनुसन्धान अधिकृतहरू अब्बल हुने र कुशल नेतृत्व पाउने हो भने अपराध अनुसन्धानमा प्रहरी संगठन मजबुद छ भन्ने सन्देश पनि यसले दिएको छ । मुलधारका सञ्चारमाध्यमहरू सबै एकातिर लागेर अनुसन्धान प्राभावित बनाउन खोज्दा पनि डा केसी नेतृत्वको सीआईबीले एक दिन पनि हार नमानी मुद्दाको अनुसन्धान टुंगोमा पुर्याएको थियो ।

प्रकाशित मिति : June 24, 2026 at 7:59 pm