लागूऔषध अफिमसहित गणेश लामा पक्राउ
१४ चैत, काठमाडौँ । नेपाल प्रहरीले गणेश लामालाई अवैध लागूऔषध अफिम ७ सय ग्राम सहित पक्राउ गरेको छ । मकवानपुर मनहरी गाउँपालिका–७ बस्ने लामाले घरमा लागूऔषध अफिम लुकाई छिपाई राखेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरी र नेवारपानीबाट खटिएको प्रहरी टोलीले मंगलबार घर तलासी गर्दा ना.३९प ६६७ नम्बरको मोटरसाइकलको लेगार्डमा प्लाष्टिकको झोला भित्र राखेको अवस्थामा उक्त अफिम बरामद गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । त्यस्तै प्रहरीले ललितपुर सानेपा बस्ने ३३ बर्षीय राजिव पन्त, काठमाडौं त्रिपुरेश्वर घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने २६ बर्षीय विकल शाही, भक्तपुर खरीपाटी घर भई ललितपुर सानेपा बस्ने २९ बर्षीय राजु तामाङ्ग र कुपण्डोल घर भई हरिसिद्धी बस्ने ३६ बर्षीय सार्थक पन्थीलाई प्रहरीले मंगलबार जाउलाखेलबाट लागुऔषध नोर्फिन १ सय ५० एम्पुल, डाईजेपाम १ सय ५० एम्पुल र फेनागन २ सय ५० एम्पुल सहित पक्राउ गरेको छ ।
प्रकाशित मिति : March 28, 2018 at 12:53 pm









