२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

अध्यक्ष बर्खास्त हुने भएपछि प्रेस चौतारीको बैठक स्थगित, केन्द्रीय सदस्यहरू अलपत्र

२ जेठ, काठमाडौँ । नेकपा एमालेको जनवर्गीय संगठन प्रेस चौतारी नेपालको केन्द्रीय समिति बैठक स्थगित भएको छ । अध्यक्ष गणेश पाण्डेलाई केन्द्रीय कमिटीको बैठकबाट बर्खास्त गर्ने तयारी भएपछि अन्तिम समयमा बैठक नै स्थगित भएको हो ।

यसअघि शुक्रबार भएको सचिवालय बैठकले पनि पाण्डे माथि कारबाहीको निर्णय गरेको छ । सचिवालयका बहुमत सदस्यले पाण्डेलाई अध्यक्षबाट हटाउने समझदारीसहितको निर्णय गरेका छन । यद्यपी माइन्युट लेखिन बाँकी रहेको बुझिएको छ । अब चौतारीले आयोजक कमिटी गठन गरेर विशेष महाधिवेशन गर्ने बताइएको छ ।

शुक्रबारको बैठकको अध्यक्षता उपाध्यक्ष चेतन अधिकारीले गर्नुभएको थियो । सो बैठकमा बोल्न दिएर अध्यक्ष पाण्डेलाई हल बाहिर निस्क्न भनेपनि पाण्डेले हल छाड्न नमानेको बताइएको छ । त्यसपछि बैठकले पाण्डेलाई बर्खास्त गर्ने निर्णय गर्न सकेन ।

यो पनि पढ्नुहोस्

प्रेस चाैतारीमा अध्यक्षलाई ट्वाँ पार्दै उपाध्यक्षको नेतृत्वमा बैठक, केन्द्रीय कमिटी नहुने

`तेरो आमाको पोइ हो म…´ भन्ने अडियो काण्डपछि गणेश पाण्डे माथि कारवाहीको दवाब

आमाबारे गणेश पाण्डेको चेतनाले प्रेस चौतारीमा खैलाबैला, के होला अडियो काण्ड ?

प्रेस चौतारीमा गणेश पाण्डेसहित १९७ नेता नियुक्त, मनोनय र सपथको टुंगो छैन

महाधिवेशन अघिनै प्रेस चौतारीको अध्यक्षमा पाण्डे र महासचिवमा अधिकारी नियुक्त !

आफ्नै अघि जिम्मेवारी खोसेर उपाध्यक्षको नेतृत्वमा बैठक बस्दा पनि पाण्डे भने निरीह भएर बैठकमा बसिरहेको सहभागी एक पदाधिकारीले दैनिकीलाई जानकारी दिए । शनिबार बिहान महासचिव हिरामान लामाले केन्द्रीय समितिको बैठक स्थगित भएको जानकारी पाठएपछि केन्द्रीय सदस्यहरू स्तब्ध बनेका छन ।

लामाले क्षमायाचनासहित स्थगित भएको सूचना पठाउनुभएको छ । उहाँको सन्देशमा भनिएको छ, ‘कमरेडहरू, अभिवादन १ हिजो राति अध्यक्ष कमरेड गणेश पाण्डेद्वारा सचिवालय बैठकमा गरिएको घोषणा अनुसार विशेष कारणवश बैठक स्थगित गरिएको जानकारी गराउँदछौँ । अन्तिम समयमा यस्तो निर्णय लिनुपर्दा यहाँहरूमा पर्न गएको असुविधा तथा मनमा पुगेको खिन्नताप्रति हामी हृदयदेखि नै क्षमाप्रार्थी छौँ । यहाँहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति हार्दिक धन्यवाद । हीरामान लामा’

यस्तै बर्खास्तगीको डिलमा पुग्नुभएको अध्यक्ष पाण्डेले पनि बैठक स्थगित भएको भन्दै सूचना पठाउनुभएको छ । पाण्डेको सूचनामा बैठक बस्न आएका साथीहरूसँग फोनमा संवाद हुने बताइएको छ । सन्देशमा भनिएको छ, ‘साथीहरू अभिवादन १ प्रेस चौतारी नेपालको भोलि जेठ २ गतेका लागि तय गरिएको केन्द्रीय समितिको बैठक विशेष कारणवश स्थगित भएको जानकारी गराउन चाहन्छु । साथीहरूसँग टेलिफोनमार्फत संवादमा रहनेछौं । गणेश पाण्डे, अध्यक्ष’

बानेश्वरको अर्याल होटलमा बैठक सुरू हुनुकेही अघि स्थगित भएको सूचना दिएपछि केन्द्रीय सदस्यहरू अलपत्र परेका छन । विराटनगरको नियुक्ति सम्मेलनमार्फत नियुक्ति लिएर आएपछि चौतारीको केन्द्रीय कमिटीको औपचारिक पूर्ण बैठक बस्न सकेको छैन । बीचमा अध्यक्ष पाण्डेका विवादित गतिबिधिले संगठको काम सबै प्रभावित भएको नेताहरूले बताएका छन ।

प्रकाशित मिति : 09:47