२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

प्रेस चाैतारीमा अध्यक्षलाई ट्वाँ पार्दै उपाध्यक्षको नेतृत्वमा बैठक, केन्द्रीय कमिटी नहुने

१ जेठ, काठमाडाैँ । नेकपा (एमाले)को जनवर्गीय संगठन प्रेस चाैतारी नेपालको केन्द्रीय कमिटी बैठक नहुने भएको छ । लामो रस्साकस्सीपछि शुक्रबार मुस्किलले सचिवालय बैठक भने भएको छ ।

सचिवालय बैठकमा सहभागी भए पनि अध्यक्ष गणेश पाण्डेले बैठकको अध्यक्षता गर्न पाउनुभएन । बैठकको अध्यक्षता उपाध्यक्ष चेतन अधिकारीले गर्नुभयो । उपाध्यक्षले अध्यक्षता गरेको बैठकमा ट्वाँ परेरै भए पनि पाण्डे सहभागी भने भए ।

कतिपय नेताहरूले पाण्डेलाई बलेसीमा राखेर बैठक गर्नुपर्ने माग गरेको भए पनि अन्तिममा शनिबारका लागि बोलाएको केन्द्रीय कमिटीको बैठक स्थगित गरेर चौतारीको विवाद मिलाउन पार्टीले पहल गर्ने भएपछि पाण्डेलाई बैठकमा बस्न दिइएको थियो ।

यो पनि पढ्नुहोस्

`तेरो आमाको पोइ हो म…´ भन्ने अडियो काण्डपछि गणेश पाण्डे माथि कारवाहीको दवाब

आमाबारे गणेश पाण्डेको चेतनाले प्रेस चौतारीमा खैलाबैला, के होला अडियो काण्ड ?

प्रेस चौतारीमा गणेश पाण्डेसहित १९७ नेता नियुक्त, मनोनय र सपथको टुंगो छैन

महाधिवेशन अघिनै प्रेस चौतारीको अध्यक्षमा पाण्डे र महासचिवमा अधिकारी नियुक्त !

अब एमालेको शनिबारको सचिवालय बैठकले नेताहरूको कार्यविभाजन गरेर चौतारीले इन्चार्ज पायो भने त्यसपछि चौतारीको बारेमा छलफल हुने र सिधै विशेष महाधिवेशनमा जाने विषयमा कुरा भएको एक पदाधिकारीले बताए ।

अध्यक्ष पाण्डेको एउटा विवादित अडियो काण्डपछि चौतारीको बैठक बोलाउन र पाण्डेलाई कारबाही गर्न महिला नेताहरूले केन्द्रीय कार्यालयमा निवेदन नै दर्ता गराएका थिए । शुक्रबारको सचिवालय बैठकमा पनि यस विषयमा कुरा उठेको बताइएको छ ।

dainiki.com

एक वर्षअघि विराटनगरमा नियुक्ति सम्मेलन सकेर काठमाडाैँ फर्किएपछि चाैतारीले सपथ सम्मेलनबाहेक अन्य बैठक गर्न सकेको छैन । चाैतारीको नेताहरूको विरूद्धमा पार्टी कार्यालयमा समेत उजुरी दर्ता भएको छ तर सुनुवाइ हुनसकेको छैन ।

प्रकाशित मिति : May 15, 2026 at 11:13 pm