६ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026

महाधिवेशन अघिनै प्रेस चौतारीको अध्यक्षमा पाण्डे र महासचिवमा अधिकारी नियुक्त !

८ चैत, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको १० औँ महाधिवेशनमा अध्यक्षमा गणेश पाण्डे र महासचिवमा चेतन अधिकारीलाई नियुक्त गरेको बजार हल्लाकै बीचमा पाण्डेले प्रचार विभागको सचिवबाट नियुक्ति भएको ८ दिनैमा राजिनामा दिनुभएको छ ।

पाण्डेको राजिनामा पत्र ।

पार्टी केन्द्रीय सचिवालयको फागुन २८ गतेको बैठकले पाण्डेलाई सचिवमा मनोनित गरेको थियो । गत चैत ३ पाण्डेले प्रचार विभागको सचिव पदको शपथ लिनुभएको थियो । चैत ६ गते राति प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, प्रचार विभागका प्रमुख राजेन्द्र गौतम, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र प्रचार विभागका सदस्य चेतन अधिकारीसहितको छलफलमा अध्यक्षमा पाण्डे र महासचिव अधिकारीलाई बनाउन निर्देशन दिनुभएको चौतारी स्रोतले जनायो ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रेस चाैतारी नेपालको अध्यक्षमा नियुक्त गर्नुभएको गणेश पाण्डे र महासचिवमा नियुक्त गर्नुभएको चेतन अधिकारी ।

१० औँ महाधिवेशन चैत १० गतेदेखि कोशी प्रदेशको सदरमुकाम विराटनगरमा हुँदैछ । महाधिवेशन अघि नै नेताहरूले प्रेस चौतारीमा अध्यक्ष र महासचिव नियुक्त गरेर बजार हल्ला चलाएपछि संस्था दर्ता एेन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएर काम गरिरहेको चौतारीको नेतृत्व महाधिवेशनका प्रतिनिधिको अधिकार ‘कु’ गर्दै पार्टीले छानेपछि चौतारीभित्र तनाव उत्पन्न भएको छ ।

स्रोतका अनुसार उक्त छलफलमा उपाध्यक्षमा हिरामान लामा र कृपा भण्डारी, उपमहासचिव हरिबल्भ नेपाल, कोषाध्यक्षमा यसिमा महत वा नरेश भण्डारी बनाउने गरी नेताहरूले खाका बनाएका छन । यद्यपी नेताहरूको उर्दी र सहमति महाधिवेशनका प्रतिनिधिले अनुमोदन गर्लान वा नगर्लान त्यो चैत १२ गतेमात्र थाहा हुनेछ ।

पार्टी सचिवालयले विभागको सचिवमा नियुक्त गरेर ८ दिनमै राजिनामा दिएर पाण्डेले पार्टी नेतृत्वको असक्षमता छताछुल्ल पारेको भन्दै कतिपयले सामाजिक सञ्जालमा टिप्पणी गर्न थालेका छन । पार्टीको सत्ताले महाधिवेशन अघि नै चौतारीको नेतृत्व छनौट गरे पनि उपाध्यक्ष राजेश राई लगायतले महाधिवेशनका प्रतिनिधिको मतबाट नेतृत्व चयन हुनुपर्ने भन्दै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । लगातार दुई कार्यकाल प्रेस चातौरीमा नेताहरूले आफ्ना खल्ती कार्यकर्तालाई पत्रकारको नेता बनाउने निर्णय गर्दै आएका छन ।

यो पनि पढ्नुहोस् 

प्रेस चौतारी नेपालको अध्यक्षमा राजेश राईको उम्मेदवारी घोषणा

प्रकाशित मिति : March 21, 2025 at 2:22 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/