एनसेलको कार्यालयमा सीआईबीले मार्यो छापा
३१ वैशाख, काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको कार्यालयमा छापा मारेको छ । एनसेल अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदनको सिफारिस र दूरसञ्चार प्राधिकरणले गरेको पत्राचारका आधारमा अनुसन्धान अगाडि बढाइएको सीआईबी स्रोतले जनाएको छ ।
एनसेल गैरकानुनी रूपमा स्मार्ट टेलिकमको सामान लिलामी, त्यसअघि सेयर बाँडफाँडसम्बन्धी विवादास्पद गतिविधिका कारण अनुसन्धानको दायरामा आएको जनाइएको छ ।
एन सेलले स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेस्टमेन्ट बैंकसँग मिलेर गैरकानुनी रूपमा सम्पत्ति लिलामी गरेपछि उक्त कम्पनीका अन्य विषयमाथि पनि अनुसन्धान अगाडि बढाइएको स्रोतले जनाएको छ । सीआईबी टोलीले मुख्यालयबाट केही महत्त्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : 17:08









