त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई
३१ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ । प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाह(बालेन)ले बज्राचार्यलाई साे जिम्मेवारी दिनुभएकाे हाे ।
त्रिविको उपकुलपतिबाट प्राडा. दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा. खड्ग केसी र रजिस्ट्रार प्राडा. केदारप्रसाद रिजालले राजीनामा दिनुभएकाे थियाे । विश्वविद्यालय पदाधिकारीविहीन भएपछि निमित्तको जिम्मेवारी बज्राचार्यलाई दिएको हो ।
प्रकाशित मिति : 15:04









