२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

भैरवी गाउँपालिकाकी अध्यक्ष कांग्रेस नेता रिताकुमारी शाही पक्राउ

२८ वैशाख, काठमाडाैँ । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष नेपाली कांग्रेसको नेता रिताकुमारी शाही पक्राउ पर्नुभएको छ । बैंकिङ कसुरमा मुद्दामा उहाँ प्रकउा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष रोकायाका अनुसार बैंकिङ कसुरको आरोपमा अध्यक्ष शाहीलाई पक्राउ गरिएको हो । अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढेको जनाइएको छ ।

प्रकाशित मिति : 11:03