२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

३१ जनाको सवारी लाइसेन्स निलम्बन गर्न सिफारिस

२७ वैशाख, काठमाडौं । ट्राफिक प्रहरीले ३१ जनाको सवारी लाइसेन्स निलम्बन गर्न सिफारिस गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३१ जनाको सवारी लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाइएको हो।

आइतबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले एउटै कसुरमा ५ पटक भन्दा बढी कारबाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाइएको जानकारी दिनुभयाे ।

प्रकाशित मिति : 15:09