२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वाेच्चमा रिट दर्ता

२५ वैशाख, काठमाडौं । विश्वविद्यालयमा विद्यार्थी संगठनहरुमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

एमाले निकट अनेरास्ववियु, नेकपा निकट अनेरास्ववियु क्रान्तिकारी लगायत संगठनहरूले अध्यादेशबाट गरिएको स्ववियु खारेजीविरूद्ध शुक्रबार रिट दायर गरेका हुन्।

संविधान र पटकपटकका आन्दोलनबाट सुनिश्चित गरिएको अधिकार सरकारको निर्णयबाट खोस्न नमिल्ने जिकिर रिट निवेदनमा गरिएको छ । उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय समेतलाई विपक्षी बनाएका छन्।

प्रकाशित मिति : 16:56