२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

सर्वोच्चको आजको इजलासमा छैनन् सपना र मनोज

२५ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले पूर्वनिर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो दैनिक पेशी सूची सार्वजनिक गरेको छ । आजको पेसीमा प्रधान न्यायाधीशमा सिफारिस मनोजकुमार शर्मा र कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको भने इजलास तोकिएको छैन ।

संवैधानिक परिषदको बिहीबारको बैठकले बरिष्ठता क्रमको चौथो नम्बरमा रहनुभएका डा. मनोज कुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

वरीयता र स्थापित परम्परा मिचेर प्रधान न्यायाधीशमा चौथो वरीयताका मनोजकुमार शर्माको नाम सिफारिस भएको असर सर्वोच्च अदालतको पेसी व्यवस्थापनमा देखिएको हो ।

प्रकाशित मिति : 12:31