२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

तुइन खोलाको पहिरो पन्छाएपछि सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

२५ वैशाख, चितवन । सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाएपछि केहीबेर अघिदेखि सडक सञ्चालन भएको हो ।

इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : 09:30