याम्बालिङ हाइड्रोपावरको आईपीओमा मागभन्दा साढे १५ गुणा बढी आवेदन
२२ वैशाख, काठमाडाैं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा मागभन्दा बढी आवेदन परेकाे छ । कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा मागभन्दा साढे १५ गुणा बढी आवेदन परेकाे हाे ।
कम्पनीको आईपीओमा २९ लाख ८९ हजार ८ सय ६९ जना आवेदकले ३ अर्ब २६ करोड ५२ लाख २८ हजार रुपैयाँ बराबरको कुल ३ करो २६ लाख ५२ हजार २ सय ८० कित्ता सेयरका लागि आवेदन दिएका छन् । जुन माग गरिएको भन्दा १५.५४ गुणा बढी हाे । कम्पनीले सर्वसाधारणका लागि कुल २१ लाख कित्ता सेयर निष्कासन गरेको थियो।
प्रकाशित मिति : 18:00









