८ असार २०८३, सोमबार | Mon Jun 22 2026

शेखर गोल्छालाई हिरासतमा राख्न जिल्ला अदालतले दिएन अनुमति

२२ वैशाख, काठमाडाैं । काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद दिन अस्वीकार गरेको छ।

मंगलबार न्यायाधीश मोना सिंहको इजलासले गोल्छालाई हिरासतमा राख्ने म्याद दिन अस्वीकार गरेको हाे । आदेशमा भनिएको छ, ‘प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्नेसम्मको अवस्थाको विद्यमानता नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (३) बमोजिम प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद गर्न मिलेन ।’

सर्वोच्च अदालतका न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई धरौटी वा जमानत लिएर आवश्यक अनुसन्धान गर्नू भन्ने परमादेश दिएको थियो।

प्रकाशित मिति : May 5, 2026 at 4:24 pm