२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

सेयर बजारको इन्साइडर ट्रेडिङमा संलग्न शेखर गोल्छा परमादेशको बाटोबाट हिरासतमुक्त गराउने प्रयास

२१ वैशाख, काठमाडौँ ।  सेयर बजारको इन्साइडर ट्रेडिङमा संलग्न शेखर गोल्छालाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चले धरौटी वा जमानतमा छाड्न आदेश दिएको हो ।

शेखर गोल्छाको पत्नी सीमा गोल्छाले दायर गर्नुभएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले धरौटी वा जमानतमा छाड्न आदेश दिएको हो । सर्वोच्चले बन्द्रीप्रत्यक्षीकरणको रिट खारेज गरेर परमादेश मार्फत हिरासतमुक्त गर्न गराउने प्रयास गरेको छ ।

न्यायाधीशहरू श्रीकान्त पौडेल र महेश शर्माको संयुक्त  इजलासले धरौटी वा जमानतमा नै छाड्न सकिने अवस्था हुँदा अनुसन्धान अधिकारीले थुनामा राख्न अनुमति लिन नहुने जनाएको छ । गोल्छा विचौलिया दीपक भट्टका लागि सेयर बजार इन्साइडर ट्रेडिङमा उपयोग भएको अभियोगमा पक्राउ पर्नुभएको थियो ।

उहाँ हिमालय रिको संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँले भट्टका लागि इन्साइडर ट्रेडिङमा सहयोग गरेको अभियोगमा कारबाही चलाउन प्रहरीलाई धितोपत्र बोर्डले सिफारिस गरेको थियो ।

प्रकाशित मिति : 18:55