सम्पत्ति शुद्धीकरणको कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
२० वैशाख, काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले सफाइ पाएका छन् । जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बमजनलाई सफाइ दिएको हो।
बमजनविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दर्ता गरिएको थियो । उक्त मुद्दामा अदालतले अभियोग नपुग्ने फैसला गरेको छ ।
प्रकाशित मिति : 17:26









