उपसभामुख रुवीकुमारी ठाकुर अस्पताल भर्ना
१६ वैशाख, काठमाडौं। प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुर अस्पताल भर्ना हुनुभएकाे छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँ बुधबार ललितपुरस्थित किस्ट अस्पतालमा भर्ना हुनुभएकाे हाे ।
उहाँलाई के भएको हो भन्नेबारे केही खुलाइएको छैन । अस्पताल स्रोतका अनुसार उहाँलाई बिहान बेहोसी अवस्थामै उपचारका लागि अस्पताल पुर्याइएको थियो ।
प्रकाशित मिति : 15:02









