१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

सीडीएससीको कामु प्रमुखको जिम्मेवारी कञ्चन सापकोटालाई

१४ वैशाख, काठमाडौं । नेप्सेको सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)मा कायम मुकायमु कामु प्रमुखको जिम्मेवारी कञ्चन सापकोटालाई दिएकाे छ।

सीडीएससी सञ्चालक समितिको बैठकले प्रवीण पन्दाकलाई पदबाट हटाउने नेप्सेको निर्णयलाई कार्यान्वयन गर्दै कायममूकायमकाे जिम्मेवारी सापकोटालाई दिएकाे हाे ।

गत शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सञ्चालक समितिको बैठकले पन्दाकलाई सीडीएससीबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । साेहीअनुसार पन्दाकलाई सीडीएससीबाट हटाउने निर्णय भएकाे हाे । सापकोटा हाल सीडीएससीमा प्रशासन र मानव संशाधन विभागको प्रमुखको रूपमा कार्यरत हुनुहुन्थ्याे ।

प्रकाशित मिति : April 27, 2026 at 4:11 pm