११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

भ्रष्टाचारीलाई कारवाही गरौँ, अख्तियारको छवी बचाउन सबै मिलेर अगाडि बढौँ

–पोष्ट केसी 
अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालका धेरै संवैधानिक आयोग मध्ये एक सशक्त, शक्तिशाली, जनताको ढुकढुकी बोकेको आयोग हो । यसको प्रमुख उद्देश्य भनेको गरिव निमुखा नेपाली नागरिकले तिरेको रगत र पसिनारुपी करलाई सही रुपमा सदुपयोग होस र दुरुपयोग नहोस र विकास निर्माणमा भ्रष्टाचारीका गिद्दे अाँखा नपरुन र परेपनि अख्तियारले आँखा फुटाल्छ र नियन्त्रण गरी भ्रष्टाचारमुक्त र समृद्ध समाज स्थापना गर्छ भनेर गठन भएको संस्था हो ।

विगतमा यस संस्थाकाविरुद्ध धेरै भ्रष्टाचारीहरु भएभरको शक्ति लगाएर तजोवध गर्न खोजे तर जनताको बलियो साथले गर्दा उनीहरुको प्रयास सफल हुन सकेन । बेला बेलामा यस संस्थामा काम गर्ने कर्मचारी र आयुक्तहरुको कार्यक्षमतामा प्रश्न चिन्ह पनि नउठेको होईन तर यसले आपनो ईज्जत र साखलाई जोगाएर अहिले सम्मको अवधिमा ल्याएको थियो ।

दुखत कुरा आज आएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले अख्तियारको छविलाई कहिले पनि नउठने गरी ढलाए भने अख्तियारमा काम गर्ने कर्मचारी र आयुक्तहरुको जोस र जागर मारिदिएका छन । यो विग्रेको छविलाई पहिला जस्तै बनाउनेको लागि धेरै समय लाग्नेछ भने धेरै मिहिनेत पनि गर्नुपर्नेछ ।

मलाई एक दिन मेरा एक जना विद्धान अग्रजले कालो कपडा लगाउने भन्दा सेता कपडा लगाउने फोहोरवाट अलि बढी सजग र सचेत हुनुपर्छ भन्नुहुन्थ्यो । तर आयुक्त राजनाराण पाठकले आपनो,परिवार, गाँउ र जिल्ला ईज्जत उनले माटामा मिलाईदिए भने आख्तियार अनुसन्धान आयोगलाई पंगु, गनाउने र जनताको आशा र विश्वासमा तुसरापात गरिदिए ।

भक्तपुर स्थित नेपाल ईन्जिनियरिङ कलेजको विवाद मिलाईदिने भन्दै ७८ लाख घुष लिएको प्रमाणित भयो । उनले कारबाहीबाट बच्ने गरी राजिनामा दिएको विषय अहिले सबैभन्दाबढी चर्चामा छ । यो काण्डले एकातिर भ्रष्टाचारीहरु बहुत खुशी भएका छन अर्कोतिर नागरिकमा निराशा छाएको छ । यस्ता भ्रष्ट्रचरित्र भएका व्यक्तिलाई सरकारले यथासिघ्र कडा भन्दा कडा कारवाही गर्नको लागि अनुरोध पनि छ । राजीनामा दिएर मात्र पुग्दैन, नियम कानुनले के भन्छ जनताले के भन्छन सोही अनुसार हदैसम्मको कारवाही हुन जरुरी छ ।

अहिले सरकारले आपनो क्षमता देखाउने बेला आएको छ । दुई तिहाईको सरकारले खुट्टा कमाउने हुदैन । ओली सरकारले आफ्नो नाम कारवाही गरेर कोषेढुंगा बन्ने अवसर प्राप्त भएको छ । आयुक्तहरु छनोट गर्दा दलीयस्वार्थ भन्दा माथी उठेर कर्मठ, ईमान्दार, दक्षता, क्षमता, जोस जागर र आँट भएको नेपाली नागरिक सिफारिस गर्नुपर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बचाई राख्नु हामी सवै नागरिकको कर्तव्य हो ।

प्रकाशित मिति : February 17, 2019 at 9:32 am