१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

पक्राउ परेका सबै पत्रकार रिहा भए : सञ्चारमन्त्री तिमिल्सिना

१३ कात्तिक, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भएको जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत पत्रकार छुटेको जानकारी दिँदै मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताए । उनले भनेका छन्, ‘प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्’ ।

प्रहरीले आज सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर धमाधम पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यस्तै, नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोशाकमा खटिएका प्रहरीहरू पत्रिकाको कार्यालयमै प्रवेश गरेका थिए ।

प्रकाशित मिति : October 30, 2026 at 8:46 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/