सुकुम्बासी बस्तीमा रहेका घरपालुवा जनावरलाई यसरी गरिँदैछ हेरचाह (तस्बिरहरू)
१३ वैशाख, काठमाडौं । सुकुम्बासी बस्तीमा रहेका घरपालुवा जनावरहरूको हेरचाह गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार घरपालुवा कुकुर, गाईलगायतलाई हेरचाह गर्ने काम भइरहेको छ।
घरपालुवा जनावरहरूलाई स्नेहा केयर, क्याट लगायतका संस्थाहरूले खाना खुवाउने, संरक्षण गर्ने तथा बिरामी भएका घरपालुवा जनावरहरूको उपचार गर्ने कार्य गर्दै आएका छन्। साथै घाइते तथा बेवारिसे जनावरहरूको उद्धार, हेरचाह र आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने कामसमेत भइरहेको छ।

प्रकाशित मिति : April 26, 2026 at 2:25 pm









