ट्रम्प सहभागी ‘ह्वाइट हाउस डिनर’ गोली चल्यो
१३ वैशाख, काठमाडौँ । ‘ह्वाइट हाउस डिनर’ समारोहमा गोली चलेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी समारोहमा गोली चलेपछि उहाँलाई तत्काल सुरक्षित स्थानतर्फ लगिएको छ । ट्रम्पलाई मञ्चबाट हतार-हतार बाहिर निकालेर सुरक्षाकर्मीले गोली हान्नेलाई नियन्त्रणमा लिएको बिबिसीले जनाएको छ।
डिनरबाट बाहिर निस्केपछि ट्रम्प स्वयंले गोली हान्ने मान्छे पक्राउ परेको जानकारी दिनुभएको छ । ट्रम्पले सम्बोधन गरेर रात्रीभोज गर्ने कार्यक्रममा गोली चलेपछि सबै अस्तव्यस्त भएको छ । ट्रम्पसहित उपराष्ट्रपति जेडी भान्स र मन्त्रिपरिषद्का सदस्य सुरक्षित रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
प्रकाशित मिति : 08:18









