३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

सिडिएससीबाट प्रवीन पन्दाकलाई नेप्सेले बोलायो फिर्ता

११ वैशाख, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रबन्ध सञ्चालक तथा कार्यकारी प्रमुख प्रवीन पन्दाकलाई पदबाट हटाएको छ।

आज बसेको नेप्से सञ्चालक समितिको बैठकले पन्दाकलाई सीडीएससीको जिम्मेवारीबाट मुक्त गर्दै पुनः नेप्सेमै फिर्ता बोलाउने निर्णय गरेको हो। पन्दाकको यो नियुक्ति सुरुदेखि नै विवादित र संस्थागत सुशासनको सिद्धान्त विपरीत रहेको भन्दै आलोचना हुँदै आएको थियो।

प्रकाशित मिति : April 24, 2026 at 4:55 pm