धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी अनिवार्य अवकाशमा
१० वैशाख, काठमाडौं । धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा। नवराज अधिकारीले अनिवार्य अवकाशमा जानुभएको छ । नेपाल धितोपत्र बोर्डमा वि।सं २०५६ सालमा सेवा प्रवेश गरी लामो समयदेखि कार्यरत रहनुभएका अधिकारीले ५८ वर्ष उमेर पूरा भएसँगै अनिवार्य अवकाश प्राप्त गर्नुभएको हो ।
बिहीबार ललितपुरस्थित बोर्डको कार्यालयमा आयोजित बिदाई कार्यक्रममा अधिकारीको सेवाप्रति उच्च सम्मान व्यक्त गरिएको छ। उक्त कार्यक्रममा बोर्डका कर्मचारीहरूको उपस्थिति रहेको थियो। अधिकारीले आफ्नो कार्यकालमा धितोपत्र बजारमा देखिएका चुनौतीहरूको व्यवस्थापन, नीतिगत सुधार तथा संस्थागत सुदृढीकरणमा सक्रिय भूमिका खेल्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरूले डा। अधिकारीको सेवाकालीन योगदानको उच्च मूल्याङ्कन गर्दै उनको आगामी जीवनको सुख, स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति : 17:49









