महान्यायाधिवक्ता कँडेललाई पदमुक्त नगर्नुपर्ने कारण पेस गर्न सर्वोच्चको आदेश
१० वैशाख, काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेललाई पदमुक्त नगर्नुपर्ने कुनै कारण भए पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
कँडेल महान्यायाधिवक्ता हुन योग्य नरहेको दाबी गर्दै सर्वोच्च अदालतमा बुधबार तीन वटा रिट दायर भएका थिए। त्यस रिटमाथि न्यायाधीश कुमार रेग्मीको इजलासले दुबै पक्षलाई अन्तरिम आदेश जारी हुनपर्ने/नपर्ने भन्ने विषयमा छलफल गर्न आगामी बिहीबार बोलाएको छ ।
महान्यायाधिवक्ता कँडेलको नियुक्ति संविधानको धारा १५७ (३) र १२९ (५) ले निर्धारित योग्यता नपुगेको दाबी छ।
प्रकाशित मिति : 17:19









