३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

कूटनीतिक नियोगका प्रमुखलाई प्रधानमन्त्री ओलीले सम्झाए सरकारका प्राथमिकता


१३ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुखका साथै विकास सरकारका ६ प्राथमिकताका बारेमा जानकारी गराएका छन ।

पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा पार्टी महासचिव समेत रहेका रक्षामन्त्री इश्वर पोखरेल र अर्थमन्त्री युवराज खतिवडालाई साथमा राखेर ओलीले प्रधानमन्त्री निवास बालुवाटामा कूटनीतिक नियोगका प्रमुखहरुलाई सरकारका प्राथमिकता जानकारी दिएका हुन ।

प्रधानमनत्री ओलीले सरकारको पहिलो प्राथमिकता सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय हितहरुको संरक्षण भएको बताए । कूटनीतिज्ञहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिवद्ध रहेको पनि बताए ।

उनले लामो राजनीतिक संक्रमणकाल अन्त्य भएको भन्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको एक मात्र ध्येय जनताको इच्छा आकांक्षा पूरा गर्दै समावेशी र दिगो विकास हासिल गर्नु भएको बताएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलवार १५:२३