१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना हुँदा एकको मृत्यु, २१ जना घाइते

१० वैशाख, प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।भिङ्ग्रीबाट स्वर्गद्वारी तर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा २१ जना घाइते भएका छन्। जिप सडकबाट करिब २५–३० मिटर तल खसेको थियो । घाइतेहरूलाई प्रहरी र स्थानीयको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारका लागि लगिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति : 14:28