रवि लामिछानेको मुद्दाको सुनुवाइ स्थगित
१० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधनको निर्णय विरुद्ध परेको रिट निवदनको सुनुवाइ बिहीबारका लागि स्थगित भएको छ ।
रिट निवेदनको सुनुवाइका लागि आज पेसी तोकिएकोमा सरकारी वकिलले स्थगित गराएका हुन् । बिहीबार न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा मुद्दाको पालो परेको थियो ।
मुद्दा संशोधनको निर्णयमाथि सर्वोच्च अदालतमा तीनवटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएकोमा संयुक्त इजलासका दुई न्यायाधीशहरूले गम्भीर कानुनी प्रश्न उठाउँदै मुद्दालाई तीन सदस्यीय पूर्ण इजलासमा पेस गर्न आदेश दिएका थिए । सर्वोच्च अदालतले त्यसपछि बिहीबार पहिलोपटक मुद्दाको सुनुवाइको मिति तय गरेको थियो ।
प्रकाशित मिति : 13:40









