६ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026

यूएई जान लागेकाको पासपोर्टमा ‘रोजगारी निषेध’ लेख्ने दुई जना अध्यागमन अधिकृत कारबाहीमा

७ वैशाख, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको राहदानी (पासपोर्ट) मा ‘रोजगारी निषेध’ सम्बन्धी छाप लगाएको विषयमा अध्यागमन विभागले दुई जना अधिकृतलाई कारबाही गरेको छ।

प्रचलित कानुन र विभागीय निर्णयविपरीत गैरकानुनी अभ्यास गरेको भन्दै विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत दुई जना अध्यागमन अधिकृतहरूलाई जिम्मेवारीबाट हटाएको हो।

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले आज एक विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै पनि नीति वा निर्णय नभएको स्पष्ट पारेका छन् । नीतिगत व्यवस्थाभन्दा बाहिर गएर काम गर्ने दुई अधिकृतलाई विमानस्थलको जिम्मेवारीबाट तत्काल हटाइएको र उनीहरूमाथि थप आवश्यक छानबिन भइरहेको विभागले जनाएको छ।

प्रकाशित मिति : April 20, 2026 at 2:18 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/