६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

६ वैशाख, काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि आफ्नो विशेष अफर ‘पहिलो सिम’ संचालनमा ल्याएको छ ।

यो अफरमा विद्यार्थीहरूले कर सहित मात्र रु. ५० मा एनसेलको प्रिपेड सिम लिन सक्छन् र विभिन्न आकर्षक बन्डल सेवाहरूको फाइदा लिन सक्छन् । विद्यार्थीहरूले ‘पहिलो सिम’ लिँदा आफ्नो रोजाइअनुसार एनसेल मोबाइल नम्बर छनोट गर्न पनि सक्छन् ।

यो पहिलो सिममा २ जीबी डाटा, सबै नेटवर्कमा कल गर्न मिल्ने ५० मिनेटको टक टाइमका साथै मेरो स्कुल र गेमिङ् प्रिमियर लिग (जीपीएल) मा २८ दिनका लागि नि:शुल्क पहुँच पाइन्छ । मेरो स्कुल एक डिजिटल लर्निङ प्लेटफर्म हो जहाँ अनलाइन सिकाइका लागि पाठ्यक्रममा थुप्रै भिडिओ सामग्रीहरु उपलब्ध छन् । त्यसैगरी जीपीएल एक गेमिङ पोर्टल हो जहाँ एचटीएमएलमा आधारित विभिन्न खेलहरूको मजा लिन सकिन्छ ।

पहिलो सिम प्रयोगकर्ताहरूले डिजिटल वालेट खल्तीमा पनि नि:शुल्क पाउँछन्, जसको मतलब ग्राहकले खल्ती प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्दैन । साथै, यो सिम लिएका ग्राहकहरूले रु. ५० वा सोभन्दा बढीको रिचार्ज गर्दा ७ दिनसम्म मान्य ५०० एमबी बोनस डाटासमेत पाउँछन्।

एसईई दिएका विद्यार्थीहरूले देशभरका कुनै पनि एनसेल सेन्टरबाट सजिलै पहिलो सिम लिन सक्छन् । सिम लिनका लागि विद्यार्थीहरूले आफ्नो एसईईको प्रवेशपत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी सहित नजिकको एनसेल सेन्टरमा जानु पर्दछ । आवश्यक प्रमाणीकरणपछि उनीहरुको सिम सक्रिय हुन्छ ।

प्रकाशित मिति : 15:33